बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद कार्यक्रम भब्यरुपमा सम्पन्न
प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध बाल क्लबले आयोजना गरेको बालविवाह अन्त्यका लागि तीजगीत तथा विविध खेलकुद कार्यक्रम भब्यरुपमा आइतबार सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा सम्पन्न तीजगीत प्रतियोगितामा सरिता घर्तीको समुह प्रथम भयो । नेत्रकुमारी र दुर्गा देबि बिकको समुह द्वितीय, भविश्वर र निर्मलाको समूहले तृतीय स्थान हाँसिल गर्न सफल भए । बिजेताले क्रमशः १ हजार, ६ सय र ३ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेकाे निर्णायक आश महमद हवारीले जानकारी दिनुभयाे ।
त्यस्तै गरि छात्र भलिबल तर्फ मिलन रोका र हेबेन्द्र सिर्पालीको सोलेडाँडा सदन बिजेता बन्यो । भविश्वर खड्काथोकीको बराहताल सदन उपबिजेता, बेग बहादुर बिकको नावाचुली सदन तृतीय भए । बिजेता, उपबिजेता र तृतीय हुनेले क्रमशः २ हजार एक सय, १ हजार ४ सय र ७ सय नगद सहित प्रमाणपत्र पाए ।
छात्रा भलिबलमा खिममाया गोतामेको समुह बिजेता बन्यो भने दुर्गा देबि बिकको समुह उपबिजेता भयो । विजेताले १ हजारसहित प्रमाणपत्र र उपबिजेताले ७ सय सहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । छात्र भलिबलमा बेग बहादुर विक र छात्रा भलिबलमा खिममाया गोतामे सर्वोत्कृष्ट खेलाडी घोषणा भए । सर्वोत्कृष्ट खेलाडीले आकर्षक नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।
त्यस्तै भित्रबाहिर खेलमा अमृत बिक , चित्र बिक र लक्ष्मी सिउतानी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल भए । उनीहरुले क्रमशः रु २००,१५० र १०० नगदसहित प्रमाणपत्र पाए । कार्यक्रममा बाल बिबाह न्यूनीकरण सम्बन्धि जनचेतना मुलक नाटक पनि प्रदर्शन गरिएको थियो । क्लबले सहयाेगी मनहरूप्रति धन्यवाद ज्ञापन गरेकाे छ ।
पुरस्कर वितरण समारोहमा सम्बोधन गर्दै तमानखोला वडा न १ का सदस्य तथा प्रमुख अतिथि टेकलाल बिकले मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै विद्यालयले बाल क्लबमार्फत बालविवाह विरुद्धका बुलन्द आवाज गर्न सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगरले स्वागत गर्नुभएको थियो । क्लबका मनमाया रसाइली, निर्मला र नेत्रकुमारी रसाइलीले स्वागत गीत गाएका थिए भने कार्यक्रम संचालन शिक्षक कबिन्द्र सिउतानीले गर्नुभएको थियोे ।