Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याउलामा सामाजिक विभेदविरुद्धका तीजगीत घन्किए, छ्मछ्मी नाचे


बोङ्गादोभान बागलुङ।  जिल्लाको पश्चिमवर्ती  तमानखोला १, स्याउलामा  सामाजिक बिभेद विरुद्ध तीज गीतहरु घन्किएका छ्न् । 

तमान गाउँपालिका वडा नं. १  र   स्थानीय आमासमुह संगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालबिबाह र सामाजिक विभेद विरुद्ध आवाज मात्रै सुनाएन छलछ्मी नचाए । 

देश बनाउने राजनीति खराब भयो चरित्र

हुनुपर्छ देशभक्ती सबको दिल भित्र 

कलाकारहरुले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए ।  जात ब्यबस्था अन्त्यको उद्घोष गरे , बर्ग बिहिन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमान्दारी हुनुपर्नेमा जोड दिए ।

चेलीको वेदना र बिलैना गरि सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र बिद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र विहानी रामजालीको समुह प्रथम हुँदै रु १५०० र प्रमाणपत्र पाए । जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समुहको गीतले दोस्रो हुँदै रु १००० प्रमाणपत्र पायो भने  थम कुमारी वि.क र अनुजा खड़‌काको गीतले तेस्रो हुँदै   हुँदै रु ७००/- र प्रमाणपत्र पायो । दिलमाया र झरणाको समुह  स्वान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिब बिर्ख बहादुर बिकले जानकारी दिनुभयो । 

लोक नृत्य प्रतियोगिले आफू मात्रै नाचेन्न उपस्थित दिदीबहिनीलाई पनि छलछ्मी नचाए ।  नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समुह प्रथम, आशा घर्ति र अञ्जली विकको समूह द्वितीय  र  दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भए ।  टेकमाया र अनुजा खड्‌काको समूह सान्त्वना स्थान हासिल गर्न सफल हुनु भयो ।

नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको क्लबका अध्यक्ष कविन्द्र सिउतानीले जानकारी दिनुभयो  ।

बाल विवाह अन्त्य सामाजिक बिभेद न्यूनिकरणमा केन्द्रित विशेष कार्यक्रको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, बिशिस्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती  मगर, दल प्रसाद पुन  र मिलिजुली आमासमुहका आशा घर्ती , नव परिबर्तनशील आमा जमुहका थम कुमारी वि.क. साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो ।  संयौको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेको कार्यक्रमा उक्त कार्यक्रमको अहमता थियो कार्यक्रम पश्चात दिदी बहिनीहरु दर खादै उडी उफ्री नाचेका थिए । 

कार्यक्रमलाई वडाले ६ हजार मिलिजुली आमा समुह र नव परिबर्तनशील आमा समुहले ३/३ हजार नगद सहयोग गरेका थिए । 

क्लब अध्यक्ष कविन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम बिकको स्वागत र सचिव बिर्ख ब. बिकले  सञ्चालन गर्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom