Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खु'कु'री प्रहारबाट एकजनाको ज्यान गयो २ घाइते -


दाङमा खुकुरी प्रहार हुँदा महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका –११ बेलटाकुराका स्थानीय टेकबहादुर मल्लले आफुलाई देउता चढेको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारले ४३ बर्षीय रिता लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार रितालाई खुकुरी प्रहार गरी हत्या गरेका टेकबहादुरले सोही गाउँकै बीरबहादुर हमाल र उहाँकी आमा चन्द्रकुमारी हमाललाई पनि खुकुरी प्रहार गरेर घाइते बनाउनुभएको छ । 

खुकुरी प्रहारबाट घाइते दुवै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘टेकबहादुर घरबाट खुकुरी लिएर निस्केको र बाटोमा जसलाई भेट्यो उसैलाई खुकुरी प्रहार गर्दै हिड्नेक्रममा घरमा बसिरहनुभएकी ४३ बर्षीय रितालाई खुकुरीले प्रहार गरेका थिए । 

खुकुरी प्रहारबाट गम्भीर घाइते रिताको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रितालाई खुकुरी हानेका टेकबहादुरले त्यसपछि अर्को घरमा बसिरहेका आमाछोरा बीरबहादुर र चन्द्रकुमारी हमाललाई खुकुरी हानेर घाइते बनाएका थिए ।

खुकुरीसहित पक्राउ परेका टेकबहादुरले प्रहरीलाई आफ्नो कुनै रिसिइबी नभएको र आफुलाई देउता चढेका कारण खुकुरी हानेको प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।  

Top Post Ad

post bottom ads

Ads Bottom