Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्लोबलको वादी सरोकार मञ्चलाई एक लाख


 गोपाल खनाल ,

 पोखरा, भदौ १९ ।

पोखरा रानीपौवामा अस्थित ग्लोबल कलिजियट स्कुलले वादी सरोकार मञ्चलाई मङ्गलबार आर्थिक  सहयोग गरेको छ । विद्यालयले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आवाज उठाउँदै आएका मञ्चका अभियन्ता हिक्मत वादीलाई पोखरामा निम्त्याई एक लाख प्रदान गरेको हो ।

सानैदेखि सङ्घर्ष गरेर हुर्किएका अभियन्ता वादीले समुदायका सयौँ गरिब तथा असहाय वादी बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन् । तिनै बालबालिकाको संरक्षणमा आफ्नाे सबै सम्पत्ति सकेका हिक्मत नि:स्वार्थ सेवामा जुटिरहेका छन् । हाल ऋणमा डुबेकाे र बालबालिकाकाे खानपानकाे खर्च जुटाउन गार्‍हो परेकाे हेर्ने कथा मार्फत थाहा पाएपछि सहयोग गरिएको विद्यालयका प्राचार्य बाबुराम पन्त  र निर्देशक नन्दलाल त्रिपाठीले बताए । यस वर्ष रु. एक लाख सहयोग गरेको विद्यालयले प्रतिवर्ष एक लाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त  गरेको छ ।

 बिहानको प्रार्थना समयमा भएको कार्यक्रममा राम्रो काम गर्दा जस्तै परिस्थिति आए पनि हार खान नहुने भन्दै अभियन्ता हिक्मत वादीले आफ्नो सङ्घर्ष र  उद्देश्यको कथा सुनाए । अल्पसङ्ख्यकक वादी समुदायको इतिहास, उनीहरुको दयनीय सामाजिक तथा आर्थिक अवस्था तथा अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता गर्दै विद्यालयको यश किसिमको  सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।


सामाजिक उत्तरदायित्व बोध गरी विद्यार्थीमा सहयोग एवम् सकारात्मक भावना विकास गर्न कम अवसर पाएका व्यक्तिलाई विशुद्धरुपमा सहयोग पुर्‍याउन विद्यालयले कहिले बाढीप्रभावित क्षेत्रमै पुगेर त कहिले विभिन्न च्यारिटीमार्फत सहयोग गर्दै आइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom