Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ४ र ग्यासमा भारी मुल्यले वृद्धि - Brighter Khabar



भाद्र १५, सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।


निगमले मूल्य वृद्धि गएरातिदेखि लागू हुनेगरी बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।


निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom