भाद्र २२,स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
वालिङ् नगरपालिका ६ मा रहेको रसखोलामा माछा मार्ने क्रममा वालिङ् नगरपालिका ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापाको ज्यान गएको हो ।
प्रहरीका अनुसार माछा मार्नको लागि ५ जनाको टोलि गएको बुझिएको छ ।
मृतकसँगै संगै गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माछा मार्न गएका व्यक्तिहरूले माछा मार्न प्रयोग गरेको तार, रड र बाँसको भाटासहित उनिहरुलाई नियन्त्रणमा लिईएको हो ।
पोष्ट मार्टमको लागि शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको छ ।