Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चार जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा - Brighter Khabar


कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी बुढालाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय बहादुरगन्जले जबरजस्ती करणी मुद्दाका फरार रहेका कृष्णनगर नगरपालिका –८ बहादुरगन्जका राजु यादवलाई पक्राउ गरेको छ । 

वन मुद्दामा फरार प्रतिवादी हरिशचन्द्र थारु र सवारी ज्यान मुद्दामा कैद भुक्तान गर्न बाँकी गोविन्दप्रसाद थारुलाई बाणगंगा नगरपालिका –३ सिउटीबाट पक्राउ परेको जनाएको छ । 

पक्राउ पर्ने चार जनालाई कारबाहीका लागि कपिलवस्तु जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।  

Top Post Ad

post bottom ads

Ads Bottom