Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गाउँपालिकाका पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता - Brighter khabar


 भदौ २५ गते । सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । 

प्रहरीले पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं १ का वडाध्यक्ष अशोक यादवसमेत दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरीले जनाएको छ । 

प्रवक्ता दिलीपकुमार गिरीकाअनुसार आपराधिक प्रवेश र आपराधिक उपद्र सम्बन्धी कसुरमा मुद्दा चलाइएको जनाएको छ । 

मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ । 

पूर्व गाप अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको उहाँले जनाउनु भयो । 

Top Post Ad

post bottom ads

Ads Bottom