Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालय स्तरीय बुद्धिचाल ( चेस ) प्रतियोगितामा मेरिगोल्डकी छात्रा हायुन प्रथम - Brighter Khabar


पोखरा- कास्कीमा भएको विद्यालय स्तरीय बुद्धिचाल ( चेस ) प्रतियोगितामा छात्रा तर्फ हायुन श्रेष्ठ प्रथम भएकी छिन्  । 

एपेक्स कास्कीले भदौ १९ गते मङ्गलवार सञ्चालन गरेको  बुद्धिचाल ( चेस ) प्रतियोगितामा  मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि पोखरा १५ नयाँ गाउँकी हायुन श्रेष्ठ प्रथम भएकी हुन्  । 

हायुन १४ वटा विद्यालयलाई पछि पार्दै विजयी भएकी हुन् । 

त्यस्तै छात्र तर्फको खेलमा पनि मेरिगोल्ड कै आयुष गहतराजले सान्त्वना स्थान प्राप्त गरेका थिए   । 

५ राउण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा दुवैजनाले उत्कृष्ट प्रदर्शन गरेका थिए  । 

Top Post Ad

post bottom ads

Ads Bottom