Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा खुला तिज नृत्य प्रतियोगिता सम्पन्न - Brighter Khabar


भाद्र २५,  पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा खुला तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयले आफ्नो वार्षिक कार्य पात्रो  अनुसार आज शुक्रवार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू बिच आफ्नै प्राङ्गणमा खुला नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा उत्कृष्ट ३ समूहलाई नगद सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

विद्यालयका नृत्य प्रशिक्षक सञ्जय गुरुङ र शिक्षिका सङ्गीता गुरुङ निर्णायक रहेको उक्त नृत्य प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको एउटा तह , कक्षा ६ देखि ८ सम्म अर्को तह र कक्षा ९ र १० बाट अर्को तह गरी मूल्याङ्कन गरिएको थियो । 

कक्षा ५  सम्मको प्रतियोगितामा  कक्षा ४ का ओनिक गुरुङ र शाइयोन गुरुङको समूह उत्कृष्ट भएको थियो । 

त्यस्तै  कक्षा ६ देखि ८ सम्म  युमिना गुरुङ , डिना गुरुङ , ज्योत्सना मल्ल , जेसिका दाहाल , आयुषा गुरुङ र कृपा गुरुङको समूह उत्कृष्ट भएको थियो भने कक्षा ९ र १० बाट ममता थापा र करिना गुरुङको समूह उत्कृष्ट भएको थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom