Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक किलो सुनसहित ४१ बर्षीया महिला पक्राउ - Brighter Khabar


भाद्र १७, चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । 

गोसाईकुण्ड गा.पा. वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ)  एक किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार  बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom