Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेण्टमेरिज माध्यमिक विद्यालयद्वारा ज्येष्ठ नागरिक आश्रम सेवालाई आर्थिक सहयोग - Brighter Khabar


पोखरा- पोखरा १५ मा अवस्थित सेण्टमेरिज माध्यमिक विद्यालयले वेद ब्यास ज्येष्ठ नागरिक आश्रम सेवा लाई आर्थिक सहयोग गरेको छ ।

विद्यालयमा रहेको एफ एम डब्ल्यु क्लब र वातावरण क्लबले तनहुँको दमौलीमा अवस्थित उक्त आश्रमलाई नगद १०२०० रुपैयाँ सहयोग गरेको हो ।

विद्यालयले  “मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्” भन्ने मूल मन्त्रका साथ तिजको अवसरमा उक्त सहयोग गरेको हो  । 

सकारात्मक सोचको थालनी  स्वयम आफैबाट गर्नु पर्दछ भन्ने उद्देश्यका साथ  यस सहयोग कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

  एफ एम डब्ल्यु क्लब र वातावरण क्लबका संयोजक द्वय सुमन अधिकारी र शान्ति गुरुङले उक्त रकम संस्थाकी अध्यक्ष निर्मला मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त संस्थाकी अध्यक्ष मल्लले सो रकम हस्तान्तरण कार्यक्रममा बोल्दै क्लब संयोजक सँगै विद्यालय प्राचार्यलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom