Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भवन निर्माण गर्दा रकम कुम्ल्याएको आरोपमा वडाध्यक्ष सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Brighter Khabar


सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाध्यक्ष बस्नेतले गाउँपालिका –२ को भवन निर्माणका लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी ६ लाख रुपियाँमा खरिद गरेको भुक्तानी देखाइ झुटा खरिद ब्यहोरा उल्लेख गरिएको छ । 


उहाँका अनुसार उक्त झुठो विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दिन नमिल्ने रकम ६ लाख रुपियाँ भुक्तानी लिई दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom