Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रजत जयन्तीको अवसरमा पोखरा आदर्श माध्यमिक विद्यालयमा जिल्ला स्तरीय कविता प्रतियोगिता - Brighter khabar


 पोखरा आदर्श माध्यमिक विद्यालयमा स्कुल स्थापनाको २५ औ वर्ष विशेष अन्तर्गत रजत जयन्तीको पावन अवसरमा जिल्ला स्तरीय कविता प्रतियोगिता  शुक्रबार सम्पन्न भयो। गण्डकी प्रज्ञा प्रतिष्ठान , पोखरा नेपालको सहकार्यमा भानु सभाहलमा भएको उक्त प्रतियोगितात्मक कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत नाट्य प्रज्ञा प्रतिष्ठान नेपालका पुर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठ रहनुभएको थियोे । 


कार्यक्रममा प्रमुख अतिथिज्युले  बालबालिकाहरुको  नेपाली साहित्यप्रति  अभिरुचि रहेकोमा  खुसी व्यक्त गर्नुभयो । साथै नेपाली कविता , गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताउनुभयो। 


कुसे औंसीको सन्दर्भमा बाबुको गरिमा अनि महत्त्वसग सम्बन्धित रहेर विद्यार्थीहरुले कविता वाचन गरेका थिए ।

प्रतियोगितामात्मक यस  कार्यक्रममा कुल ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा भास्कर स्कुलकी   रोजी रानाभाट  प्रथम ,फिस्टेल माध्यमिक विद्यालयकी सन्तोषी ढकाल द्वितीय , पोखरा आदर्श माध्यमिक विद्यालयकी संस्कृति सुवेदी तृतीय र  गुप्तेश्वर महादेव वेद विद्याश्रमका यादव पौडेल र  राष्ट्रिय मा.विका विश्व अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रममा प्रथम , द्वितीय , तृतीय एवम् सान्त्वना (दुई जना) हुने बिजेताहरुलाई क्रमश: ८०००/, ६०००/, ४०००/ र १०००/ र प्रमाणपत्र प्रदान गरिएको थियो।


उक्त प्रतियोगितामा निर्यायकमण्डलतर्फ  निर्यायक संयोजक प्रा. डा. जगन्नाथ रेग्मी र सदस्यका रूपमा अनुराग अधिकारी र जुना थापा रहनुभएको थियो। कार्यक्रममा कक्षा ८,९, र १० का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।


विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा  माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख श्री नारायण न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो । रजत जयन्तीकै अवसरमा भाद्र १४ र १५ गते सम्पन्न भएको  कक्षा ११ र १२ का बिज्ञान र ब्यवस्थापन  संकायका विद्यार्थीहरुबीच भएको प्रतियोगितात्मक  फुटसल खेलमा बिजेता भएका खेलाडीहरुलाई यही कार्यक्रमकै बीच बिजेताहरुलाई  प्रमाणपत्र वितरण गरिएको जानकारी खेलकुद संयोजक राजकुमार सिंहले दिनुभएको थियो ।


विशेष अतिथि रङ्गकर्मी एवम् कलाकार श्री प्रकाश घिमिरेले सारगर्भित मन्तव्य राख्नुभयो । कार्यक्रममा विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि एवम् अतिरिक्त कार्यकलापका गतिविधिहरुलाई डकुमेन्ट्रीबाट प्रदर्शन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवम् सह प्राचार्य श्री ज्ञानेश्वर सुबेदीले गर्नुभएको थियो । 


रजत जयन्तीकै अवसरमा यो वर्ष भरी नै सामाजिक , सास्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रम हुने जानकारी विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले दिनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom