Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान - Brighter khabar


भाद्र १८, सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । 

न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते पक्राउ परेकी थिइन् । उनीमाथि नौ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । 

सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।

साहमाथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । 

Top Post Ad

post bottom ads

Ads Bottom