Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारको सिट मुनि लुकाएर नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ४४ लाख सहित दुइजना पक्राउ - Brighter Khabar


भाद्र १६,   सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ परेका छ्न् । 

भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा दुईजना पक्राउ परेका हुन् ।

 कार अगाडिको सिट मुनि राखेर लुकाइ छिपाइ ल्याएको अवस्थामा रकमसहित उनिहरुलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा चालक सिरहा नगरपालिका वडा न-१७ माडर बस्ने अन्दाजी वर्ष -५२ का प्रेम कुमार यादब र सोही कारमा सवार वडा न-७ का वर्ष-४२ का सन्जय कुमार साह रहेका छन् ।

बरामद रकम र कारसहित निजहरुलाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाका डिएसपी रबिन्द्र राज पान्डेले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom