Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा स्थित मणिपाल शिक्षण असपतालमा बिरामीको ज्यान गएपछी अवस्था तनावग्रस्त - Brighter Khabar


पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । उपचारको क्रममा बिरामीको  ज्यान गएपछी अवस्था तनावग्रस्त बनेको हो । 

उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन समेत  गरिएको थियो  ।

उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको मृतकका आफन्त बिरोधमा उत्रिएका हुन्  । 

असहज महसुस भएपछि लमजुङकी ५७ वर्षीया सुकमाया दुरा लाई हिजो बिहान उनका आफन्तले अस्पताल भर्ना गराएका थिए । उपचारको क्रममा उनको ज्यान गएको थियो ।


आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाएका थिए  । 

Top Post Ad

post bottom ads

Ads Bottom