Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गुडिरहेको गाडी सडकबाट ३ सय मिटर तल खस्दा दुईको मृत्यु ४ घाइते - Brighter khabar


भाद्र १७,  सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । 

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom