Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चेक बाउन्स गरी बैङ्किङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ - Brighter Khabar


भदौ २५ गते । कैलाली प्रहरीले बैङ्किङ कसुरका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरीलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ६ लाख रुपियाँको चेक बाउन्स गरेको भन्दै चौधरीविरुद्ध जाहेरी परेको थियो । 

चेक बाउन्स गरी बैङ्किङ कसुर मुद्दामा फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चौधरीलाई आज कैलाली जिल्ला अदालतमा पेस गरिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom