Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पतिसँग झगडा परेपछि घरबाट निस्केका आमा छोरा बेपत्ता - Brighter Khabar


कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारबाट बिहीबार रातिदेखि आमा छोरा बेपत्ता भएका छन्। रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण गरेर मारेको आशंका गरिएको छ । 

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी–१ लुसा माइती घर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उहाँका चार वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित कोठाबाट बेपत्ता भएका हुन् । 

जैसी दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन्। 

१५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले पहिलो विवाह पनि कालीकोटबाटै गरेका थिए । बिवाह गर्छु भन्दै  सम्बन्ध राखेपछि गीताबाट छोरा जन्मिएका थिए । 

पटक पटक कान्छी श्रीमतीमाथि हिंसा गर्दै आएका शाही  एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । 

महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले शाहीलाई गत भदौ १२ गते एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको छ ।

अदालतमा दायर मुद्वा फिर्ता नगरे ज्यान मार्ने धम्की दिएका शाही अहिले प्रहरी हिरासतमा छन् । श्रीमती र छोरा मार्ने धम्की दिने शाहीका बारेमा गोरखापत्रमा गत भदौ ११ गते समाचार प्रकाशित भएको थियो । 

गएराति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न कोठा गएका आमाछोरा राति नै बेपत्ता पार्ने शाही परिवार रहेको माइती पक्षको आरोप छ । 

जैसी र उनका छोरालाई राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका माइती पक्षले गरेको हो । 

 जैसी र उनका छोरा हराएको जानकारीपछि प्रहरीले सौतासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom