Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाख्रा चराउन जङ्गल गएका एकजनाको भीरबाट लडेर ज्यान गयो - Brighter Khabar


असोज ५ गते । जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ पटाङ्ग्रीका ४८ बर्षीय राजेन्द्र सिंहको भीरबाट लडेर मृत्यु भएको हो । 


आज विहीवार दिउँसो बाख्रा गोठालो गएका सिंहको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बारेकोट गाउँपालिका –८ का वडा अध्यक्ष योगेन्द्रबहादुर सिंहले बताउनुभयो । 


विहीबार बाख्रा चराउन जङ्गल गएका सिंह घर नर्फिएपछि आफन्तले शुक्रबार खोजतलास गर्नेक्रममा बिहान ११ बजे भीरबाट लडेर मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेको वडा अध्यक्ष सिंहले बताउनुभयो ।


जाजरकोटमा भीरबाट लडेर धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् । भौगालिक विकटता, भिरालो जमिन पशु चौपायाको गोठालो, घाँस, स्याउला सोतर सोर्दा भिरबाट लडेर मृत्यु हुनेगरेको स्थानीयको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom