Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छोराले गरे सुतिरहेका बाबुको हत्या - Brighter Khabar


भदौ २९ गते । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार रातको समयमा मादक पदार्थ सेवन गरेर घर पुगेका छोराले सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

गम्भीर घाइते भएका बाबुलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि नेपालगन्ज लैजाने क्रममा घाइते केसीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्ले जानकारी दिनुभएको छ । 

प्रहरीले कुटपिट गर्ने सन्तोष केसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मादक पदार्थ सेवन गर्ने केसीले घरमा पटक पटक झगडा गरी आमाबुबालाई कुटपिट गर्दैआएका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom