Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई जरिवाना - Brighter khabar


चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले दुई लाख रुपैया जरिवाना तिराएको छ ।


अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताउनुभयो ।


धरान-११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।


अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom