Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शिक्षक महासङ्घ र सरकारबीच आजपनि वार्ता हुने सहमति - Brighter khabar


आश्विन ५, विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।


कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आजको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो ।


“सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको हो । शुक्रबार छलफल सकरात्मक ढङ्गले टुङ्गिन्छ”, उहाँले भन्नुभयो ।


त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताउनुभयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी हुनुहुन्थ्यो ।


शिक्षक महासङ्घ र सरकारका बीच बिहिबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।

Top Post Ad

post bottom ads

Ads Bottom