Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तमानखोलाको बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद हुने, पालिका प्रमुख सहयोगी - Brighter Khabar


तमानखोला, बागलुङ  । ५९ औं  राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । 


नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता  आयाेजना गरिएको बुद्ध  बाल क्लबले जनाएकाे छ।


तमानखोला गाउँपालिकाले मुख्य सहयोग र  तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा  

बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने  कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिनुभयो  । 


'सामाजिक अपराध'का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे प्रतिभा पहिचान  तथा संस्कृतिक जर्गेनाका लागि पनि  महत्त्वपूर्ण हुने बताउनु भयो । 



कार्यक्रम यही  भाद्र २९ श्री बुद्ध आधारभूत  विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले  जानकारी  दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका  प्रस्तुती रहने बताईएको छ ।


तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।

क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत 'बाल विवाह अन्त्य गरौं' भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने  भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम ३ जना, छात्रछात्रा  हुनुपर्ने नियम बनाइएकाे छ ।  प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।


त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः  २ हजार १ सय, १ हजार  ४ सय र तेस्रो हुनेले रु ५ सय नगद  र प्रमाणपत्र पाउनेछ्न् ।  छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले रु ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।


कार्यक्रमको मुख्य आकर्षक बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र पाउनेछन् । दोस्रो , तेसो र सान्त्वना हुनेले क्रमशः रु ६ सय, ३ सय र १५० नगद सहित प्रमाणपत्र पाउनेछन् । 


कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ ।  देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक  सहयाेग गरिदिन बाल क्लबले  सबैलाई आग्रह समेत गरेकाे  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom