Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा पश्चिमाञ्चल डेन्टल होमको सहकार्यमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न - Brighter khabar

 


आश्विन ८ गते , पोखरा महानगरपालिका वडा नम्बर १५  नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखरा नयाँ बजारमा अवस्थित पश्चिमाञ्चल डेन्टल होम प्रा लि को सहकार्यमा विद्यालयले निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

एक दिने निःशुल्क दन्त शिविरमा कक्षा नर्सरी देखि १० कक्षा सम्मका बालबालिकाहरूले  दन्त स्वास्थ्य जाँच गराएका थिए । 

शिविरमा पश्चिमाञ्चल डेनटल होमका प्रमुख कार्यकारी अधिकृत हेमनारायण चापागाईँ, डा. कलम चापागाईँ र  दन्त प्राविधिक रामु कुमारी  श्रेष्ठको प्राविधिक टोली रहेको थियो । 

परीक्षण गराएका मध्ये केहीको  स्केलिङ, केहीको  दाँत भर्न पर्ने केहीको आर. सि. टी र केहीको  दाँत झिक्नु पर्ने र धेरैको दन्त स्वास्थ्य राम्रो रहेको  डा. कमल प्रसाद चापागाईँले बताउनुभयो  ।

विद्यालय तहका विद्यार्थीहरूमा दाँतसँग सम्बन्धित रहेर विभिन्न किसिमका समस्या देखिने गरेको र त्यस्ता समस्याले उनीहरूको पढाइमा समेत प्रत्यक्ष असर पुर्‍याउने भएकाले विद्यार्थीहरूको दन्त स्वास्थ्य परीक्षण राखिएको विद्यालय संस्थापक मोतीराम गुरुङले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom