Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अविवाहित महिला र पुरुषलाई पनि भत्ता - Brighter Khabar


भदौ ३१ गते । गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो । 


गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।


अविवाहित पुरुष र महिलाहरू पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस नगराउनका लागि प्रतिमहिना एक हजार रुपियाँका दरले सामाजिक सुरक्षा  कार्यक्रम अन्तर्गतबाट भत्ता दिने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।


अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरूले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागु हुने गरी भत्ता प्रदान गर्ने थापाले बताउनुभयो ।


पालिका भित्रका नागरिकहरूलाई एक्लो भएको भन्ने हीनताबोध नगराउन र वृद्ध वृद्धाहरूलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरूलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ ।


पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैङ्क खाता नम्बर र चेक बुकको प्रतिलिपिसँगै आमा बाबुको नाम र मोबाइल नम्बरसहित निवेदन पेस गर्नुपर्ने खबर गोरखापत्रमा  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom