Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आधा शरीर जलेको अवस्थामा शव भेटियो, हत्याको आरोपमा पूर्व प्रेमी पक्राउ - Brighter khabar


आश्विन ५, सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भएको स्वीकार गरेका सिद्धकुमाख–२ खानिगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएका बस्नेतलाई सार्वजनिक गरेको छ । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका –२ मा ३२ वर्षीय रेवती थापा र उहाँका ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो । 


अनुसन्धानका क्रममा उहाँहरूको हत्या भएको पुष्टि भएको हो । आमाछोरीको हत्यागरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताउनुभयो । 


उहाँका अनुसार गत शनिबार मृत भेटिएका रेवतीसँग सात वर्षअघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र आफू विदेशमा रहेका बेला रेवतीले अर्कैसँग विवाह गरेपछि त्यसैको रिसिवीस्वरुप हत्या गरेको बस्नेतले बताएका छन् । विदेशबाट २६ गते नेपाल फर्किएलगत्तै २९ गते हत्या गरेको प्रहरीको भनाइ छ । 


घटना शङ्कास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि यसमा सहयोग गरिरहेको थियो । आमाछोरी उक्त घरमा बस्दैआएका थिए । रेवतीका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा हुनुहुन्थ्यो । श्रीमती र छोरीको हत्याको खबरपछि उहाँ घर फर्किनुभएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom