Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसियाली छनोट खेलमा नेपाल सेमिफाइनलम प्रवेश - Brighter khabar


 मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसियाली छनोटमा कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइलमा प्रवेश गरेको छ ।


नेपालले लगातार चौथो जित निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरको हो । टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले एक विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो ।


कतारले नेपाललाई जितका लागी ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कतार निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रनको योगफल तयार पार्‍यो । नेपालका लागी काजोल श्रेष्ठले ३२ रन बनाइन् ।


अपराजित यात्रा कायम राख्ने क्रममा हिजो नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्दैछ ।


प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

Top Post Ad

post bottom ads

Ads Bottom