Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भन्सार छलिको कपडासहित एक जना पक्राउ - Brighter khabar


भाद्र २५, मकवानपुर प्रहरीले करिब ६ लाख मुल्य बराबरको भन्सार छलिको कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेबाट बिल बिजक नभएको कपडा तथा जुत्ता सहित बारा जिल्ला बारागढी गाउँपालिका ४ का संजय चौधरीलाई पक्राउ गरेको हो ।

विरगंजबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ६२०४ नम्बरको योद्धा पिकअप गाडीमा ल्याइएको ५ लाख ९९ हजार मुल्य बराबरको लत्ताकपडा सहित चालकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom