Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा पुम्दिकी उमा बराल असार २८ गते देखि सम्पर्क विहीन , खोजी गरिदिन परिवारको आग्रह - Brighter Khabar


 पोखरा- पोखरा महानगरपालिका वडा नम्बर २२ निवासी उमा बराल सम्पर्कविहीन भएकी छिन् ।

असार २८ गतेदेखि सम्पर्कमा नआएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको हो  । पारिवारिक स्रोतका अनुसार उमा आफ्नी ५ वर्षीय छोरी  ऋषिका बराललाई समेत लिई घरबाट कोही कसैलाई नसोधी हिँडेकी थिइन् ।

 हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी भन्दै खोजी गरिदिन परिवारले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

कालो कपाल भएकी  ५ फिट अग्ली उमा गोरो वर्णकी रहेको परिवारले जनाएको छ ।

परिवारका अनुसार  हराएको बखत लगाएको लुगा उनले  सेतो कुर्था, कालो पाइन्ट, छोरीले पहेँलो जामा लागेको जनाइएको छ साथै  निधारको देब्रे भागमा काटेको खत रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom