असोज ९ गते । तनहुँमा घरको दलानबाट खसेर एक बालकको मृत्यु भएको छ ।
व्यास नगरपालिका–१२ छिर्कने बस्ने महेन्द्र सापकोटाका २२ महिनाको छोरा मनीष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोमबार बिहान ११ः४५ बजे बालक घरको पहिलो तलाको दलान(बार्दली) बाट खसेर गम्भीर घाइते भएपछि उपचारको लागि सदरमुकाम दमौलीस्थित दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले