Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रेमिकाको हत्या गरेर ६ वर्षदेखि फरार रहेका मिझार पक्राउ - Brighter khabar


आश्विन ९, प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।


मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि पक्राउ गरिएको हो ।


कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।


ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारले जानकारी दिए । धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो ।


प्रहरीका अनुसार लगाएको कपडा र चप्पल हेरेर उनका भाइले मृतक ललितालाई पहिचान गरेका थिए । मृतक ललिता पेशाले स्टाफ नर्स थिइन् । मृतकको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेको एसपी मिश्रले जानकारी दिनुभयो ।


उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरुबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । कानुनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताउनुभयो । मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा लुकिछिपी बस्दै आएका थिए ।


हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो । अहिले उनलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom