Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस पल्टिएर मोटरसाइकललाई थिच्दा चलकको ज्यान गयो, मृतकको पहिचान हुन सकेन -- Brighter Khabar


भाद्र १७, काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटनामा घाईतेमध्ये एक जनाको मृत्यु भएको छ । 

मृतकको पहिचान हुन सकेको छैन । सो दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

क्षेत्रीय बस व्यसायी संघ अन्तर्गतको मिनि बसले विपरित दिशाबाट आएको बोलेरोलाई ठक्कर दिंदा मिनिबस पल्टिएको थियो । 

बस पल्टिदा बसले एक मोटरसाईकल र एक स्कुटरलाई थिच्दा मोटरसाईकल चालक गम्भीर घाईते भएको र उपचारको क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।

अन्य घाईतेहरूको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom