Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा रापाकोट जन मा वि का शिक्षक पौडेलका दुवै मिर्गौलामा समस्या : उपचारका लागि आर्थिक अभाव ,सहयोगको अपिल - Brighter Khabar

 

डिआर काफ्ले,
पोखरा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थित जना मा वि रापाकोटमा कार्यरत शिक्षक नारायण प्रसाद पौडेलको दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या देखिएको छ  ।

लामो समयदेखि सुगरको रोगी रहेको र औषधि सेवन गर्दै आइरहनु भएका शिक्षक पौडेललाई आर्थिक अभाव भएकै कारण विभिन्न निकायले उपचारमा सहयोग होस् भन्ने उद्देश्यले यति बेला सहयोग सङ्कलन  एवं सहयोगको आह्वान गरिरहेका छन्  ।

 ३६ वर्षको उमेरमा विगत ४ महिनादेखि मिर्गौला फेल भएर कठिन समयबाट गुज्रिरहेका शिक्षक पौडेललाई  उपचारमा  धेरै धनराशि  खर्च भइसकेको  र अझै  थप  उपचारको लागि आर्थिक स्रोतको अभाव भएको  उहाँको परिवारले जनाएको छ  । 

पारिवरका अनुसार शिक्षक पौडेललाई उहाँकै श्रीमती भीम कुमारी पौडेलले मिर्गौला दान गर्नुभएको छ ।  मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै थप उपचारको लागि आर्थिक अभाव भएकोले सहयोगी मनहरू समक्ष परिवारले सहयोगको अपिल गरेको हो ।

यता उहाँले अध्यापन गराउने विद्यालयले पनि आर्थिक  स्रोत जुटाउन पहल गरिरहेको बताएको छ । विद्यालयका प्राचार्य आत्मराम चापागाईँको सक्रियतामा सहयोग सङ्कलनमा लागेको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य चापागाईँका अनुसार अहिले सम्म करिब ५ लाख ५० हजार रुपैयाँ र कोरियामा रहेका दाजुभाइ बाट ३ लाख रकम  सङ्कलन समेत भइसकेको छ । 

त्यस्तै यता जन मा वि कि रापाकोटकी पूर्व शिक्षिका एवम् हाल सिद्धार्थ मा वि फेदी खोला स्याङ्जामा अध्यापन गराउँदै आउनुभएकी शिक्षिका जमुना चापागाईँ काफ्लेको सक्रियतामा विद्यालयका शिक्षक शिक्षिकाहरूबाट १५ हजार ८ सय  ५०  रुपैयाँ सङ्कलन भएको खबर हामीलाई प्राप्त भएको छ ।

मिर्गौला प्रत्यारोपण पश्चात् हाल उहाँको सहिद धर्मभक्त अस्पतालमा उपचार भइरहेको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom