Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाला पक्षहरुसँग प्रधानमन्त्रीको छलफल Brighter Khabar


भाद्र २४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।


बैठकमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसमेतको सहभागिता रहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ ।


प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाउनुभएको हो ।


आजै साँझ प्रधानमन्त्रीले परराष्ट्र विज्ञहरुसँग पनि छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom