Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ब्रेक फेल भएर रात्रिबस दुर्घटना : २१ जना घाइते केहिको अवस्था गम्भीर - Brighter Khabar


भाद्र २९, पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ । तानसेनदेखि काठमाडौका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो ।


दुर्घटनामा परेका २१ जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकाशको अवस्था समान्य रहेको अस्पातलले जनाएको छ ।


दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom