Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षक विरुद्ध मुद्दा  दायर - Brighter khabar


 भदौ २५ गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।


विदुर नगरापालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक मञ्जु कुमारी थापा (ओझा) माथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार शिक्षक थापाले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आज थापाविरुद्ध मुद्दा दायर गरिएको हो । 


प्रवक्ता दाहालले थापाले विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो ।


सोही आधारमा शिक्षक थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom