Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव भेटियो - Brighter Khabar

सांकेतिक तस्विर 


भाद्र १७, झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ । 


कनकाई नगरपालिका वडा ४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिवार दिउँसो फेला परेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीका अनुसार माछा मार्नेक्रममा श्रेष्ठ डुबेको भनिएको ठाउँदेखि करिब पाँच सय मिटर दक्षिणमा श्रेष्ठको शव फेला परेको हो । 


बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता हुनुभएको श्रेष्ठको गोताखोरसहितको टोलीले खोजी गर्दैआएको थियो । शिवसताक्षी नगरपालिका वडा १० स्थित कन्काइ खोलामा श्रेष्ठ बेपत्ता हुनुभएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom