Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कोरियन भाषा परीक्षा आउँदो असोज १ गतेदेखि - Brighter Khabar


भदौ १८ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आउँदो असोज १ गतेदेखि गरिने भएको छ ।

सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो । 

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom