Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खाजा पसलमा लुकाई छिपाई राखेको लागूऔषध बरामत - Brighter Khabar

 

असोज १ गते । प्रहरीले  खाजा पसलमा लुकाई छिपाई राखेको लागूऔषध बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषतसहित एक जनालाई पक्राउ गरेको हो। 

जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी सूर्यबहादुर कार्कीले सञ्चालन गरेको खाजा पसलमा चेकजाँच गर्दा उक्त पसलमा लुकाई छिपाई राखेको लागूऔषध बरामत गरेको प्रहरीले जनाएको छ  । 

जिप्रकाबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध बरामद गरेको हो 

बरामद गरिएका लागूऔषध  गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधि ट्रामाडोल ५७६६ ट्याब्लेट, प्रोमेथ २९३८ ट्याब्लेट, एनार्गन २७३५ ट्याब्लेट रहेको छ  । 

 साथै सोहि स्थानबाट  नगद एक लाख ६०० रुपियाँ  फेला परेको प्रहरीले जनाएको छ  । 

प्रहरीले  पसल सञ्चालक  सूर्य बहादुर कार्कीलाई, प्रतिबन्धित औषधि र नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको खबर  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom