Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नाचगान गर्ने क्रममा झैझगडा हुँदा घाइते भएका युवाको ज्यान गयो - Brighter Khabar


आश्विन १, पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेतिर तीजको नाचगान गर्ने क्रममा स्थानीय युवाबीच झैझगडा हुँदा गम्भीर घाइते भएका थिए । 

घाइते खत्रीको सोमबार राति लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom