Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको अर्जुनचौपारी गा.पा ले आयोजना गरेको वक्तृत्वमा सरस्वती आ.वि.आग्रिखर्कका एन्जल प्रथम - Brighter Khabar

 


स्याङ्जा, २९ गते भाद्र । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरस्वती आधारभूत विद्यालय आग्रिखर्क प्रथम भएको छ   । 

पालिकाले आयोजना गरेको उक्त कार्यक्रममा आधारभूत तर्फ  सरस्वती आग्रिखर्कका एन्जल थापा प्रथम भएका हुन् ।

बालबालिकामा लगानी सुनिश्चित  भविष्यको थालनी भन्ने मूल नारा सहित देशभर मनाइएको  ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अर्जुनचाैपारी  गाउँपालिकाले आधारभूत र  माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको थियो ।

पालिका प्रमुख प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आधारभूत तर्फ जन मा. वि. रापाकोटका   अनिश चापागाई  द्वितीय  भएका थिए । त्यस्तै  शीतला ई. बो. स्कुलकी सप्रिया क्षेत्रीले तृतीय स्थान प्राप्त गरेका थिए  ।

त्यसै गरी  माध्यमिक तह तर्फ  घण्टे मा. वि की  सुस्मिता शर्माले  प्रथम , पञ्चकन्या मा. वि.का  अशोक ढकालले  द्वितीय र अर्जुनचौपारी चिलेन्ड्रस एकेडेमीकी दीपिका अर्यालले  तृतीय स्थान प्राप्त गरेका थिए   ।

Top Post Ad

post bottom ads

Ads Bottom