Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुमाल भिरमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गयो , अटो चालक प्रहरीको नियन्त्रणमा - Brighter Khabar

सांकेतिक तस्विर 


भदौ २५ गते । डोटीको बडीकेदार गाउँपालिका–१ रुमाल भिरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रहरी चौकी खड्यौंली डोटीका इन्चार्ज भास्करदत्त पन्तले दिनुभएको जानकारीअनुसार शनिबार राति अन्दाजी ९ बजेर ३० मिनेटमा सहजपुर–बोगटान–दिपायल सडक खण्ड अन्तर्गत रुमायल बिपीनगरबाट खँड्यौली जाँदैगरेको सु.प ०१००१ ह ५४०६ नम्बरको अटो सडकबाट अन्दाजी ५० मिटर तल भिरमा खसेको थियो ।  


दुर्घटनामा परी बडीकेदार गाउँपालिका–३ की अन्दाजी ५८ वर्षीय कस्तुरीदेवी जेठराको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अटोचालक बडीकेदार –१ का उत्तम बोहरा सामान्य घाइते हुनुभएको छ ।  


चालक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा भएको घटना कसरी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom