Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सोह्र दिनपछि भेटियो ३८ बर्षिया मेजरको शव - Brighter Khabar


भाद्र २६, सोह्र दिन देखि बेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ बर्षिया मेजर बिमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ खदाङस्थित भेरी नदीमा फेला परेको छ ।

काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित सम्पर्कविहीन भएको सोह्र दिन पछि पण्डितको शव पत्ता लागेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक रुद्र बहादुर शाहीले जानकारी दिनुभयो ।

शवलाई पोष्टमाडमाका लागि जिल्ला अस्पताल डोल्पा लगिएको उहाँले बताउनुभयो । इभिनिङ् वाक जाने भन्दै भदौ १० गते हतार हतारमा साँझ पख, गुल्म छोडेका मेजरको शव करिब दुई हप्तापछि फेला परेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom