Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

७० हजार किलो चिनी भण्डारण गरेर कालोबजारी गर्ने गोदाम सिल - Brighter

साङ्केतिक  तस्विर 


काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदामलाई  वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा  सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको आरोपमा विभागले सिल गरेको हो ।

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको बताउनु भयो । चिनी गोदाम सिल गरिएको र करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको पोखरेलले बताउनु भयो ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १ सय २७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १ सय ५ रुपैयाँको मात्रै बिल दिने गरेका बताएको छ ।

दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १ सय ३० रूपैयाँ किलोसम्म पुर्याइएको छ । यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom