Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रात्री बस दुर्घटना: २५ यात्रु घाइते - Brighter


 दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।


इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।


घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom