Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा १३ वर्षीय बालिकालाई पटक पटक क'र'णी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ - Syangja Update



स्याङ्जा-  स्याङ्जामा  बालिका जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिका जबरजस्ती करणी गरेको आरोपमा  स्याङ्जाको पुतली बजार नगरपालिका १३ का ५५ वर्षीय रामेश्वर नेपालीलाई पक्राउ गरेको हो  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  १३ वर्षकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोप नेपालीमाथि लागेको छ ।

''नेपालीले १३ वर्षकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरी कार्यालयमा आएपछि यही असोज ६ गते पक्राउ गरिएको हो ।''  उपरीक्षक  खनालले भन्नुभयो  ।

पक्राउ परेका नेपालीलाई जबरजस्ती करणी मुद्दा दर्ता गरिएको समेत प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom