Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर दाजु बहिनीको ज्यान गयो -Update

साङ्केतिक तस्विर 

भाद्र १८, रुकुम पश्चिमको चौरजहारीमा बाढीले बगाउँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । 

आइतबार हावाहुरी सङ्गै परेको पानीका कारण स्थानीय न्याउला खोलामा आएको बाढीले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडानम्बर -६, घर्तीकाँडाका ८ वर्षीय मनोज बुढाथोकी र ४ वर्षीया भावना बुढाथोकी रहेका छन् । 

मृतक दुइ बालबालिका एकै घरका दाजु बहिनी हुन् ।

आधारभूत बिद्यालय घर्तीकाँडाबाट घर फर्किने क्रममा दाजु बहिनीलाई बाढीले बगाएर मृत्यु भएको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom