Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुर्गा भवानीको दर्शन गरी हेर्नुहोस् तपाईको आजको राशिफल - आजको राशिफल ( Aajako Rashifal )

 

मेष : आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । आज सवारी साधन चलतथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने हुँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।


मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।


वृष : समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।


वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।


मिथुन : आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानी


गरि मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।


कर्कट : समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला ।


कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।


सिंह : समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्रपंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।


सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।


कन्या : आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।


कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।


तुला : आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसंगको सम्बन्धमा सुधार भएर जानेछ ।


तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।


वृश्चिक : आज पनि समय मध्यम खालको छ । आश्वासन बाँड्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।


वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।


धनु : आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।


धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।


मकर : आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दु:ख पाईनेछ । तपाई आफ्नै कारणले मानसम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।


मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।


कुम्भ : आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।


कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।


मीन : आज समय शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज सकभर यात्रा नगर्नुहोला त्यसमा पनि पूर्व दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।


मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom